
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐂𝐥𝐚𝐬𝐬 𝐨𝐧 𝐋𝐞𝐠𝐚𝐥 𝐃𝐫𝐚𝐟𝐭𝐢𝐧𝐠 𝐛𝐲 𝐒𝐫. 𝐀𝐝𝐯𝐨𝐜𝐚𝐭𝐞 𝐘𝐚𝐝𝐮 𝐍𝐚𝐭𝐡 𝐊𝐡𝐚𝐧𝐚𝐥
अधिवक्ता बन्नु भनेको केवल कानुन बुझ्नु मात्र होइन, यो तपाईँको दृढ संकल्प र कठोर परिश्रम हो। किताबका पाना पढ्न सजिलो होला, तर सही कानुनी मस्यौदा लेख्न भने ज्ञान, अनुभव, र अभ्यास चाहिन्छ।"
३२ औं अधिवक्ता तहको परीक्षा तयारी विशेष
३२ औं अधिवक्ता तहको परीक्षा नजिकिँदै छ, र सफलताको दिशामा अगाडि बढ्न तपाईं सबैलाई उत्साहित गर्न हामीले विशेष कक्षाहरूको आयोजना गरेका छौं। भोली साँझ ७:३० बजे वरिष्ठ अधिवक्ता यदुनाथ खनाल द्वारा देवानी कानुन र रिटको मस्यौदा लेखन विषयमा कक्षा हुनेछ। यो कक्षा तपाईंको कानुनी यात्रालाई नयाँ आयाम दिने अवसर हो।
कुनै गाउँमा, गरीब किसानको छोरी माया बस्थीईन। मायाको परिवारसंग साधन-स्रोत थिएन। तर मायालाई कानुनको गहिरो लगाव थियो। सानो हुँदा नै उनले अन्याय देखेकी थिईन, र जीवनमा एकदिन सबैको न्यायको हक दिलाउने अधिवक्ता बन्ने सपना बुनेकी थिईन।
तर उनको सपना सजिलो थिएन। उनले कहिल्यै ठूलो सहर देखेकी थिइनन्, पुस्तकहरू किन्ने पैसा थिएन, र उनलाई शिक्षाको लागि थुप्रै बाधाहरू पार गर्नु पर्यो। गाउँका धेरै मानिसहरूले भनिरहे, "यो असम्भव छ, तिमी अधिवक्ता बन्न सक्दिनौं।"
तर मायाले ती असम्भव शब्दलाई कहिल्यै मनमा राखिनन्।
उनले एक दिग्गज अधिवक्तासँग भेट गरिन् जसले भने, "अधिवक्ता बन्नु भनेको केवल कानुन बुझ्नु मात्र होइन, यो तपाईँको दृढ संकल्प र कठोर परिश्रम हो। किताबका पाना पढ्न सजिलो होला, तर सही कानुनी मस्यौदा लेख्न भने ज्ञान, अनुभव, र अभ्यास चाहिन्छ।"
त्यसपछि मायाले रातभर जागा बसेर मस्यौदा लेख्न सिकिन्, कानुनी सूक्ष्मताहरू अध्ययन गरिन्, र कसरी न्यायको लागि लड्ने भन्ने कुरा बुझेकी थिई। पहिलो पटक असफल भइन्, दोस्रो पटक पनि असफल भइन्। तर तेस्रो पटक, माया सफल भइन्। उनी आफ्नो गाउँकै पहिलो अधिवक्ता बनिन्।
मायाले हामीलाई के सिकाउँछिन् भने, कठिनाइहरूले सफलता रोकेका हुँदैनन्, ती केवल तपाईँलाई अझ बलियो बनाउँछन्। सपना ठूलो भए पनि, लगनशीलता, सही मार्गदर्शन, र दृढ इच्छाशक्ति भएमा असम्भव जस्तो देखिने सपना पनि सम्भव हुन्छ।
अब तपाईंको कथा लेख्ने समय हो!
भोलीको कक्षामा सहभागी भइ आफ्नो सपनालाई वास्तविकता बनाउन कदम चाल्नुहोस्। वरिष्ठ अधिवक्ता यदुनाथ खनाल सरको मार्गदर्शनमा, तपाईंले मस्यौदा लेखनका प्रमुख पक्षहरू जान्न पाउनुहुनेछ, जसले तपाईंको परीक्षा मात्र होइन, भविष्यको वकिल जीवनलाई पनि आकार दिनेछ।
सफलता तपाईंको प्रतीक्षामा छ, तर त्यो तपाईँको परिश्रम, अभ्यास, र सही मार्गदर्शनमा निर्भर छ।
तपाईंको मेहनतले तपाईँको कथा पनि मायाको जस्तै प्रेरणादायी बन्न सक्छ।
ज्ञानपुञ्ज स्कूल अफ लिडरशिप
तपाईँको सफलता हाम्रो प्रेरणा हो।
How to Join
It's not too late to be part of this exciting journey! Enroll now to catch up on the ongoing sessions and benefit from our expert-led program.
Contact Us: 📞9805195555 📧info@gyanpunj.com.np
Social Media
Facebook : https://www.facebook.com/gyanpunjsol/
Instagram : https://www.instagram.com/gyanpunjsol/
Youtube: https://www.youtube.com/@gyanpunj2077
You can Also Connect with us though App.
App for android: https://play.google.com/store/apps/detailsid=com.app.gyanpunjlms&hl=en
Take the leap today and turn your passion for translation
into a professional skill set!
0 Comments