
व्यवसायिक मध्यस्थता तालिम
ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप प्रा. लि. र नेपाल इन्टरनेशनल एडीआर सेन्टर (NIAC) को संयुक्त आयोजनामा पाचँ दिने व्यवसायिक
मध्यस्थता तालिम सम्पन्न भएको छ।
असोज ०५ गते पुतलीसडकस्थित ज्ञानपुञ्जको सभाहलमा सम्पन्न यस तालिमको समापन
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थितिले कार्यक्रमलाई
अझै अर्थपूर्ण बनाएको थियो।
तालिमको उद्घाटन प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय
न्यायाधीश श्री मेघराज पोखरेलले गर्नुभयो भने समापन सर्वोच्च
अदालतका माननीय न्यायाधीश श्री श्रीकान्त पौडेलले
गर्नुभयो।सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री मेघराज पोखरेलले उद्घाटन
सत्रमा बोल्दै विवाद समाधानको महत्वपुर्ण विधा मध्यस्थता रहेको यसको नेपालमा बढ्दो
मागलाई ध्यानमा राख्दै दक्ष मध्यस्थकर्ता बनाउने ध्येले ज्ञानपुञ्जले गरेको
तालिमको उच्च प्रशंसा गर्नु भयो ।साथै समापन सत्रमा सम्बोधन गर्दै सर्वोच्च
अदालतका न्यायाधीश श्री श्रीकान्त पौडेलले मध्यस्थतालाई कानुनी
मात्र नभई सामाजिक र आर्थिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको औंल्याउनुभयो।पेशागत
विकास गर्न
चाहानेहरुका लागि ज्ञानपुञ्जले गर्दै आएको नियमित तालिमले पेशाकर्मी र पेशामा ठूलो
योगदान रहेको बताउनु भयो।
उच्च अदालतका पूर्व न्यायाधीशहरु, बरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु, चार्टर्ड एकाउन्टेन्ट, बरिष्ठ इन्जिनियरहरु, इन्जिनियरहरु, पूर्व प्रशासकहरु, पूर्व सह-
सचिवहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगायत विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको
सक्रिय सहभागिता रहेको थियो।
सहभागीहरूको यो विविधता स्वयं मध्यस्थताको महत्वलाई प्रष्ट पार्छ कि मध्यस्थता
केवल कानुन व्यवसायीहरूको लागि मात्र नभई सबै क्षेत्रका लागि आवश्यक र उपयोगी विधि
हो।
तालिमलाई नेपाल इन्टरनेशनल एडीआर सेन्टर (NIAC) का कार्यकारी निर्देशक तथा वरिष्ठ अधिवक्ता मातृका प्रसाद
निरौलाले प्रमुख प्रशिक्षकको रूपमा नेतृत्व गर्नुभयो। उहाँको दीर्घ अनुभव, व्यावहारिक अभ्यास र अन्तर्राष्ट्रिय
ज्ञानले सहभागीलाई मध्यस्थताको गहिरो दृष्टिकोण प्रदान गर्यो।
नेपालमा विवाद समाधानका परम्परागत विधिहरूका अतिरिक्त
मध्यस्थतालाई छिटो, छरितो र न्यायपूर्ण
आधारमा समाधान गर्ने माध्यमका रूपमा महत्व दिन थालिएको छ। आजको परिस्थितिमा
अदालतमा मुद्दा बढ्दो अवस्थामा रहेकोले वैकल्पिक विवाद समाधान (ADR) जस्तै मध्यस्थतालाई अझै प्रभावकारी रूपमा उपयोग गर्न सकिने
देखिन्छ।
व्यवसायिक मध्यस्थता तालिम केवल एक तालिम मात्र नभई, नेपालमा वैकल्पिक विवाद समाधानको
संस्कृतिलाई सुदृढ गर्ने एउटा महत्वपूर्ण कदम हो। सहभागीहरूले प्राप्त गरेको ज्ञान र
सीपले उनीहरूको पेशागत जीवनमा मात्र होइन, समाजमा आपसी सहकार्य र मेलमिलाप बढाउन पनि ठूलो योगदान पुर्याउनेछ।
यो तालिमको प्रमुख उद्देश्य भनेको विवाद समाधानका क्षेत्रमा
दक्ष, व्यावसायिक र नैतिकतापूर्वक कार्य गर्न सक्ने मध्यस्थकर्ताहरू तयार पार्नु हो।ज्ञानपुञ्ज
स्कूल अफ लिडरसिपले विगतदेखि नै विवाद समाधान, नेतृत्व विकास, कानुनी पेशागत
क्षमता अभिवृद्धि जस्ता क्षेत्रहरूमा नियमित तालिमहरू
प्रदान गर्दै आएको छ।
ज्ञानपुञ्जले आगामी दिनमा अझै प्रभावकारी र व्यापक तालिमहरू
सञ्चालन गर्ने योजना बनाएको छ। यस संस्थाले मध्यस्थता सम्बन्धी अन्तरास्ट्रिय
कार्यक्रम गर्दै छ भने नेतृत्व बिकास सम्बन्धी रास्ट्रिय एवं अन्तरास्ट्रिय स्तरमा
पनि कार्यक्रम गर्दै छ।निकट भविष्यमा दुवई र बंगलादेशमा समेत कार्यक्रम गर्ने योजना
अघि सारेको ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप प्रा.लि.का संस्थापक कार्यकारी अध्यक्ष
हरिप्रसाद डुम्रेले बताउनु भयो । ज्ञानपुञ्जले विभिन्न विधामा प्रशिक्षक प्रशिक्षण
तालिम (TOT), नोटरी अनुवाद तयारी कक्षा, जिल्ला न्यायाधीश तयारी कक्षा समेत
संचालन गर्दै छ ।
ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले सञ्चालन गरेका यस्ता पहलहरूले भविष्यमा नेपालको
न्याय प्रणालीलाई अझै सजिलो, भरपर्दो र सर्वसुलभ बनाउन सहयोग गर्ने र पेशागत विकास र यो अवसर अतुलनिय रहेको
सहभागीहरुको मत रहेको छ।
0 Comments