
ज्ञानपुञ्जद्वरा मध्यस्थता तालिम आयोजना
नेपाल मध्यस्थता परिषद् र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप बीच मध्यस्थता तालिम आयोजना सम्बन्धी सम्झौता पत्रमा सोमबार एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ। नेपाल मध्यस्थता परिषद्का तर्फबाट परिषद्का अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका तर्फबाट अध्यक्ष अधिवक्ता हरिप्रसाद डुम्रेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। उक्त सम्झौता कार्यक्रममा परिषदका महासचिव अधिवक्ता बाबुराम दाहाल सचिव थानेश्वर काफ्ले (राजेश), निर्देशक राजीव प्रधान र ज्ञानपुञ्जका सह संस्थापक मिना सुवेदी, प्रशासकीय अधिकृत सुरुचि भण्डारी लगायतको उपस्थिति थियो।
मध्यस्थता सम्बन्धित तालिम प्रदान गर्ने नेपालको एकमात्र आधिकारिक निकाय नेपाल मध्यस्थता परिषद् र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको संयुक्त रुपमा आयोजना गरिने कार्यक्रम आगामी श्रावण १५ गतेदेखि १९ सम्म काठमाडौँमा सञ्चालन हुने ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका तर्फबाट अध्यक्ष अधिवक्ता हरिप्रसाद डुम्रेले बताउनु भयो ।
अध्यक्ष डुम्रेका अनुसार मध्यस्थता विवाद समाधान गर्ने वैकल्पिक र कानुनी प्रक्रिया हो। मध्यस्थताको प्रक्रियाबाट भएका निर्णय अदालतको फैसला सरह दुवै पक्षका लागि बाध्यकारी हुन्छ। जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण भएका व्यक्तिहरू सहभागी हुन पाउने उक्त तालिम पश्चात विवाद समाधानमा रचनात्मक र प्रभावकारी भूमिका निर्वाह हुनेछ।
How to Join
It's not too late to be part of this exciting journey!
Enroll now to catch up on the ongoing sessions and benefit from our expert-led
program.
Contact Us:
📞
9805195555
📧
info@gyanpunj.com.np
Social Media
Facebook : https://www.facebook.com/gyanpunjsol/
Instagram : https://www.instagram.com/gyanpunjsol/
Youtube: https://www.youtube.com/@gyanpunj2077
You can Also Connect with us though App.
App for
android: https://play.google.com/store/apps/details?id=com.app.gyanpunjlms&hl=en
Take the leap today and turn your passion for translation
into a professional skill set!
needed